८ माघ २०८१, मंगलबार | Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हितमा हुँदैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हितको पक्षमा नभएको बताएका छन् ।

नेकपा (एमाले) को परराष्ट्र मामिला विभागले सोमबार आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सानो देश हौँ भन्ने हिनताभाव पाल्नु पर्ने आवश्यकता नरहेको पनि बताए ।

राष्ट्रिय हितभन्दा सत्ता स्वार्थ र स–साना कुराहरूलाई महत्व दिने प्रवृत्ति गलत भएको उल्लेख गर्दै प्रधानमन्त्रीले ओलीले आर्थिक, सांस्कृतिक र कूटनीतिक हितलाई ध्यान दिएर नेपालले विश्वसनीय र जिम्मेवार रूपमा आफूलाई प्रस्तुत गर्ने बताए ।
कार्यक्रममा विश्व व्यवस्थामा नेपालको परराष्ट्र नीति, बदँलिदो भू–राजनीतिक परिवेश, जलवायु राजनीति र कूटनीतिजस्ता विषयमा परराष्ट्र मामिला विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्रीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको पनि स्पष्ट गरे । साना र ठूला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभीमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने उनको भनाइ थियो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ५ : ५७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *