२ फाल्गुन २०८१, शुक्रबार | Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फूपु–भदै मृत्यु प्रकरणः अनुसन्धानका लागि पाँचजना नियन्त्रणमा 



अछाम ।  ढकारी–८  का फूपु–भदैको मृत्यु घटनाको अनुसन्धानका लागि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । आइतबार दुई जना पक्राउ परेकामा प्रहरीले सोमबार थप तीन जनालाई नियन्त्रणमा लिएको छ । 

ढकारीका सरस्वती खड्का र ईशरा खड्का गत शनिबार जंगलमा मृत भेटिएका थिए । टाउकोमा चोट रहकाले उनीहरुको हत्या भएको आशंका गरिएको छ । 

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा ढकारी गाउँपालिका–३ तालीका १५ वर्षीय  र १७ वर्षीय बालक छन् । वडा नम्बर १ डुफाका २४ वर्षीय मिनबहादुर बुड्थापा, ४० वर्षीय रामचन्द्र थापा र अर्का नौ वर्षिय बालक पनि प्रहरी नियन्त्रणमा छन्। उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार घटना गम्भीर प्रकृतिको भएकाले सुक्ष्म रुपमा अनुसन्धान भइरहेको छ । ‘यो घटनामा हामी निकै गहिरो ढंगले अध्ययन गरिरहेका छौं,’ उनले भने,‘त्रुटिरहित अनुसन्धान हुन्छ ।’ 

गत शुक्रबार बाख्रा चराउन जंगल गएकी १५ वर्षीया सरस्वती र १४ वर्षीया ईशरा शनिवार वडा नम्बर १ को जंगलमा मृत भेटिका थिए । उनीहरु एकैघरका फूपु–भदै हुन् । दुबैजना स्थानीय विद्याप्रबोधनी माविमा कक्षा ८ मा अध्ययनरत छात्रा हुन् । मृत भेटिएका उनीहरुको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । शवको भेरी प्रादेशिक अस्पताल नेपालगञ्जमा पोष्टमार्टम गरिएको छ । शव मंगलबार अछाम ल्याइनेछ । पोष्टमार्टमको रिर्पोटपछि अनुसन्धानमा थप सहज हुने प्रहरीको भनाई छ ।   

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १० : ४६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *