२ फाल्गुन २०८१, शुक्रबार | Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीमा ७५ डीएसपी खाली



काठमाडौं। नेपाल प्रहरीमा प्रहरी नायव उपरीक्षक (डीएसपी)का ७५ दरबन्दी रिक्त भएका छन् ।

गत शुक्रबार मध्यराति प्रहरी प्रधान कार्यालय नक्सालले ३७ डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेसँगै रिक्त डीएसपीको पदसंख्या ७५ पुगेको हो ।

यसअघि नेपाल प्रहरीमा ३८ डीएसपी रिक्त थिए । रिक्त डीएसपीको संख्या ७५ पुगेसँगै प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरबाट डीएसपी बढुवाको तयारी सुरु गरेको छ ।

अहिले डीएसपी बढुवाको मुख्य प्रतिस्पर्धामा २०७० मा इन्सपेक्टरमा भर्ना भएका टोलीहरु प्रतिस्पर्धामा छन् ।

२०७० मा इन्सपेक्टरमा भर्ना भएका १४४ जनामध्ये यो ब्याचका अझै ७९ जना भने इन्सपेक्टरमै छन् । २०७० को ब्याचबाट यसअघि दुई लटमा डीएसपी बढुवा भइसकेको छ ।

पहिलो लटमा २२ जेठ २०८० मा २०७० को ब्याचका ४६ जना डीएसपीमा बढुवा भएका थिए । त्यतिबेला पहिलो नम्बरमा रन्जन अवा, दोस्रो नम्बरमा कमल बेल्वासे, तेस्रो नम्बरमा यमकुमार श्रेष्ठ गरी ४६ जना डीएसपीमा बढुवा भएका थिए ।

यही ब्याचको दोस्रो लटको रुपमा २२ चैत २०८० मा थप १९ जना डीएसपी बढुवाका लागि सिफारिस भएका थिए । यो ब्याचका अझै ७९ जना भने इन्सपेक्टरमै कार्यरत छन् । उनीहरुबाटै अब डीएसपी बढुवा निकाल्ने प्रहरी हेडक्वाटरको तयारी छ ।

यो ब्याचमा ७९ जना प्रतिस्पर्धी भए पनि डीएसपीको ७५ पदमात्रै खाली छ । जसकारण २०७० को ब्याचका ४ अधिकृतहरु तेस्रो लटको बढुवामा छुट्ने निश्चित छ ।

इन्सपेक्टरबाट डीएसपी बढुवाका लागि प्रहरी महानिरीक्षकको अध्यक्षतामा समिति रहने छ । उक्त समितिमा प्रहरी महानिरीक्षकको साथै गृहमन्त्रालयका सहसचिव सदस्य, प्रहरी महानिरीक्षकले तोकेको एआई वा डीआईजी सदस्य सचिव रहने व्यवस्था छ ।

प्रहरी महानिरीक्षक अध्यक्ष रहेको समितिले केही दिनमै बढुवा सिफारिस गर्ने तयारी गरेको छ । बढुवाका तयारी सुरु भएसँगै प्रतिस्पर्धीहरु बढुवामा पर्ने र सुरुवाती बरियतामा रहन शक्तिकेन्द्र धाउन सुरु गरेका छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : ४२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *