११ चैत्र २०८१, मंगलबार | Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोप समन्वय समिति अछामको बैठक सम्पन्न



मंगलसेन । जिल्ला खोप समन्वय समिति अछामको बैठक विभिन्न निर्णय गर्दै मंगलसेनमा सम्पन्न भएको छ । समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुवँरको अध्यक्षतामा शुक्रबार बसेको बैठक यहीं माघ २२ गते महिलाको पाठेघरको मुखमा हुने क्यान्सर विरूद्वको खोप अभियानको उद्घाटन गर्ने लगायतका निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकले अभियानको उद्घाटन सदरमुकाम मंगलसेन स्थित शोडषा माविबाट गर्ने निर्णय गरेको छ । जसका लागि २२ गते मंगलबार बिहान १० बजे विद्यालयमा औपचारी कार्यक्रमको आयोजना हुने भएको छ ।

त्यो दिन जिल्लाका अन्य स्थानीय तहहरुमा पनि अभियान उद्घाटन गरिने छ । जसका लागि सम्पूर्ण तयारी पुरा भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका निमित्त प्रमुख दिपेन्द्र जोशीले बताए । उनका अनुसार यो अभियान अन्तर्गत अछाममा १३ हजार ९ सय २१ जना किशोरीलाई एचपिभी खोप लगाईने भएको छ ।

जिल्लाका ९१ वटै वडामा रहेका १ सय ६१ वटा विद्यालय र ९७ वटा खोप केन्द्र संचालन गरि खोप लगाईने भएको हो । २२ गते उद्घाटन पश्चात यो अभियानमा जिल्ला भरका १० देखि १४ बर्ष सम्मका किशोरीलाई क्यान्सर विरूद्वको खोप लगाईने जोशीले बताए ।

बैठकको समापनमा बोल्दै समितिका अध्यक्ष तथा समन्वय समिति अछामका प्रमुख कुवँरले अभियान सफल पार्ने कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे । उनले त्यसका लागि सरोकारवालाहरु र अभिभावहरुले बिशेष रुपमा जोड दिनुपर्ने बताए ।

बैठकमा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले यो अभियानमा लक्षित समूह छुट्न नहुने भन्दै त्यसका लागि हरेक निकायबाट पहल गरिनुपर्ने बताए । उनले समुदायका हरेक व्यक्तिलाई जानकारी हुनेगरी प्रभावकारी रुपमा सुचना सम्प्रेषण गर्नपनि आग्रह गरे ।

बैठकमा जिल्ला अस्पताल अछामका प्रमुख कमलेश प्रसाद यादव, जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारी, प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अम्बादत्त जोशी, निमित्त समन्वय अधिकारी कबिन्द्र राय, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष केशर खड्का, जनस्वास्थ्य निरीक्षक भुमिनन्द ढुंगाना लगायत पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १२ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *