११ चैत्र २०८१, मंगलबार | Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा जिल्ला बाल सञ्जाल गठन



मंगलसेन । अछाममा जिल्लाभरका बालबालिकाको भेलाले जिल्ला बाल सञ्जाल गठन गरेको छ । कमलबजार नगरपालीकाकी १५ वर्षीया मनीषा साउँद अध्यक्ष रहेको २१ सदस्यीय जिल्ला बाल सञ्जाल अछाम गठन भएको हो ।

बाल सञ्जालको अध्यक्षका लागि भएको गोलाप्रथाबाट साउँद अध्यक्षमा निर्वाचित भएकी हुन् । सञ्जालको बरिष्ठ उपाध्यक्षमा पञ्चदेवल बिनायक नगरपालिकाकी रीता ढकाल, उपाध्यक्षमा तुर्माखाँद गाउँपालिकाका खेमराज धमाला, महासचिवमा ढकारी गाउँपालिकाका लोचन कुवँर, सचिवमा साँफेबगर नगरपालिकाका रोहीत शर्मा, सहसचिवमा बान्नीगढी जयगढ गाउँपालिकाकी आकृती ताम्राकार र कोषाध्यक्षमा चौरपाटी गाउँपालिकाकी सुस्मिीता देवकर चयन भएकी छन् ।

सदस्यहरुमा जिल्लाका दशवटै स्थानीय तहबाट प्रतिनिधित्व हुनेगरी अन्य १४ जना बालबालिकालाई समावेशी रुपमा चयन गरिएको छ । सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर बहादुर रावलको अध्यक्षतामा भएको भेलामा जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले बाल संरक्षण, बाल बचाउ र बालअधिकारसम्बन्धी गतिविधिमा अग्रसर हुन सञ्जालका पदाधिकारीहरुलाई सुझाब दिए ।

कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले स्थानीय सरकारले बालबालिकाको समृद्धि र बिकासका लागि सहयोग गर्न तयार रहेको बताए । बाल सञ्जालले स्थानीय तहमा बालमैत्री विकासका बहस पैरवी, सहभागिता र बाल अधिकारको रक्षाका लागि काम गर्नुपर्ने भन्दै पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले त्यस्ता क्रियाकलापमा आफुहरुको सधै साथ र सहयोग रहने प्रतिवद्धता जनाइन् ।

ढकारी गाउँपालिकका अध्यक्ष प्रकाशबहादुर साउँदले बालबालिकाको अवस्था अध्ययन, संरक्षण, विकास, सहभागिता लगायत लक्ष्य सहित सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी काम गर्न सञ्जाललाई आग्रह गरे ।

सभामा अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बाल सञ्जाललाई आइपर्ने कानुनी तथा अन्य प्राविधिक जटिलता बारे सहजीकरण गर्ने प्रतिवद्धता जनाए । उनले त्यसका लागि समन्वय गर्न सञ्जालका पदाधिकारीहरुलाई आग्रह गरेका थिए ।

भेलामा अधिवक्ता पुष्पराज शर्माले बाल सञ्जाल गठनको नीतिगत व्यवस्था बारे सहजीकरण गरेका थिए भने आस्था नेपालका सचिव कृष्ण प्रसाद देवकोटा र वल्डभिजनका जिल्ला संयोजक मिनबहादुर थापाले बाल सञ्जाललाई सक्रिय बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाएका थिए ।

आस्था नेपालका कार्यक्रम अधिकृत तपेन्द्र ठकुल्लाले सञ्जालको संरचनागत ढाँचा प्रस्तुत गरेको भेलामा जिल्लाका दश स्थानीय तहबाट तीन/तीन जना बालबालिका सहित जनप्रतिनिधिहरु र अन्य सरोकारवालाको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा रामारोशन गाउँपालिका अध्यक्ष मान बहादुर साउद, मंगलसेन नगरपालिकाका कार्यवाहक नगर प्रमुख बिर्ख बहादुर बोगटी, बान्निगढी जयगढ गाउँपालिकाका कार्यवाहक अध्यक्ष नेत्र साउद, प्रहरी प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष टेकबहादुर थापा, आस्था नेपालका कार्यक्रम संयोजक गणेश प्रसाद बोहरा लगायतका अतिथिको उपस्थिति रहेको थियो ।

सामाजिक विकास कार्यालय अछामका सव ईञ्जिनियर भविष्य खत्रीले स्वागत मन्तव्य राखेको सभाको सञ्चालन आस्था नेपालका अनुगमन अधिकृत हर्क खड्काले गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : ५७ बजे

  • ...
    📜 Reminder; Process №GG59. CONFIRM =>> https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=5beb30800784b97e921ce6fa1d40c0fe& 📜

    igbywy

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *