काठमाडौं । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले कार्यस्थलमा कार्यरत कर्मचारीहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको छ ।
संगठनका अध्यक्ष अम्बादत्त भट्टको नेतृत्वमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको टोलीले मुख्यसचिव एकनारायण अर्याललाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा तनहुँको बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्ष बलबहादुर गुरुङले सोही वडामा कार्यरत वडा सचिव नवीन भुसाललाई कार्यस्थलमै कुटपिट गरेको उल्लेख छ ।
यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै वडा नम्बर २ का अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात गरेको पनि उल्लेख छ ।
यी घटना उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ, ‘स्थानीय सरकारका जनप्रतिनिधिबाटै कार्यस्थलमा कार्यरत राष्ट्र सेवक कर्मचारीहरू माथि गम्भीर अवस्थामा पुग्ने गरी गुन्डागर्दी शैलीमा कुटपिट गर्नु कानुनी राज्यको ठाडो उपहास हो ।’
ज्ञापनपत्रमा कर्मचारीमाथि कार्यस्थलमै भएका कतिपय घटनाले कर्मचारीको सुरक्षामा गम्भीर प्रश्न उठाएको उल्लेख छ । यस्तो घटनाले कर्मचारीको मनोबल घट्न गइ सेवाप्रवाह समेत प्रभावित भएको भनिएको छ ।
कर्मचारीहरूलाई कार्यालयमा अनुकूल कार्य वातावरण उपलब्ध गराउन सके मात्र कर्मचारीहरूले तोकिएको जिम्मेवारी सफलतापूर्वक बहन गर्न सक्ने भन्दै संगठनले सरककारको ध्यानाकर्षण गरेको हो ।
प्रतिक्रिया
Lemlist
I'm extremely impressed together with your writing skills as smartly as with the format for your weblog. Is that this a paid subject matter or did you modify it yourself? Anyway keep up the excellent high quality writing, it is uncommon to look a nice blog like this one nowadays. Snipfeed!
🔩 You have 1 message(-s) # 402178. Go >> https://telegra.ph/Binance-Support-02-18?hs=fbdcdf09e4014d6d453a99d4de1669f7& 🔩
0i5lfs
💾 Email: + 0.75212637 BTC. Continue >>> https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=fbdcdf09e4014d6d453a99d4de1669f7& 💾
naot0z
📇 Notification- + 0,75687302 BTC. Go to withdrawal => https://graph.org/GET-BITCOIN-02-25?hs=fbdcdf09e4014d6d453a99d4de1669f7& 📇
iw0puo