चौरपाटी (अछाम) । अछाम जिल्लाको चौरपाटीमा विपद् जोखिम न्युनीकरणका लागि जनचेतनामुलक कृत्रिम घटना अभ्यास गरिएको छ । गोरख बक्स गण मंगलसेन ब्यारेक र चौरपाटी गाउँपालिकाको आयोजनामा आगलागी, भुकम्प र बाढी बाट बच्ने उपाय, उद्दार तथा उपचार बारे कृत्रिम घटना अभ्यास गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै गोरख बक्स गणका गणपती प्रमुख सेनानी संगम अधिकारीले विपदबाट हुने क्षति घटाउन आफुहरुले चेतना बिस्तार गर्ने उद्देश्यले यो अभियान सुरु गरेको बताउनुभयो ।
उहाँले विपदका बेला स्वयम समुदायलाई पनि सक्रिय बनाउन सके उद्दार कार्यमा थप मद्दत पुग्ने भएकाले सर्वसाधारणलाई यसबारे ज्ञान दिन अछामका दशवटै स्थानीय तहमा अभियानकै रुपमा यो कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो ।
चैत महिनाभर विपद जोखिम न्युनीकरण तथा प्रतिकार्य प्रशिक्षण र प्रदर्शनका लागि नेपाली सेनाको समुह स्थानीय तहहरुमा केन्द्रित भएको भन्दै प्रमुख सेनानी अधिकारीले यसबाट जनप्रतिनिधि र स्थानीयहरुलाई फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
चौरपाटी गाउँपालिकाका अध्यक्ष साउँदले विपदबाट जोगिने उपायबारे चेतना दिन दूर बस्तिमा पुगेर गोरख बक्स गणले गरिरहेको यो अभ्यासले समुदायलाई ठुलो फाइदा हुने बताउनुभयो । आगलागी, भुकम्प, बाढिपहिरो जस्ता विभिन्न विपदमा परेर दुर्गमका स्थानीयले वर्षेनी ज्यान गुमाइरहेको भन्दै उहाँले यस्तो प्रदर्शनीले त्यस्ता घटनाबाट हुने क्षति घटनाउ सहयोग पुग्ने बताउनुभयो ।
सेनाको दक्ष समुहले देखाएको कृत्रिम घटना अभ्यासले गाउँ–गाउँसम्म जनचेतना बिस्तार हुने विश्वास गर्दै उहाँले यस्ता कार्यमा आफुहरु समेत सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो । चौरपाटी गाउँपालिकाले विपदको बेला आइपर्ने अफ्ठयारोको सामना गर्न आवश्यक उपकरण र चारसय बढीलाई पुग्ने लत्ताकपडाको पुर्व तयारी गरेको समेत अध्यक्ष साउँदले बताउनुभयो ।
समापन सभामा बोल्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले स्थानीयको सहयोग विना विपदको बेला उद्दार सम्भव नरहेको भन्दै त्यसका लागि पनि उनीहरुलाई आवश्यक ज्ञान, सिप दिइएको बताउनुभयो । स्थानीयकै सहयोगमा प्रहरी, सेना लगायत सरकारी निकायले उद्दार, उपचार र राहतमा प्रभावकारी भुमिका खेल्न सक्ने उहाँको भनाई छ ।
गोरख बक्स गणले स्थानीय जनप्रतिधि, सरोकारवाला र सर्वसाधारणलाई सोमबार प्रशिक्षण दिए पश्चात मंगलबार कृत्रिम घटना अभ्यास प्रदर्शन गरेको हो । गणका सेनानी अमृत खड्काको नेतृत्वमा गरिएको प्रदर्शनमा भुकम्प र आगलागी बाट बच्ने उपाय त्यसपछिको उद्धार, उपचार र राहतका बिषयमा कृत्रिम घटना देखाइएको थियो ।
चौरपाटी गाउँपालिकाको केन्द्रमा रहेको बिच बजारमा कृत्रिम रुपमा विकास गरिएको बस्तिको चिया पसलबाट सल्किएको आगो गाउँ पसे पश्चात त्यसलाई नियन्त्रण गरिएको दृष्य देखाइएको थियो ।
भुकम्पका बेला कमजोर संरचनामा हुने क्षति र विद्यालयमा पार्ने असर तथा त्यो बेला गरिने उद्दारको घटना समेत देखाइएको थियो । त्यस्तै बाढिको बेला बिच खोलामा फसेकाहरुलाई कसरी उद्दार गर्ने भन्ने कृत्रिम अभ्यास सहितको हाइलाइन रेस्क्यू समेत गरिएको थियो ।
त्यस क्रममा जमदार सुवर्ण खड्काको अगुवाइमा हुद्दा भेषराज बोहरा र रामबहादुर बिक, अमल्दार प्रेम देवकोटा र बुद्धिबहादुर भण्डारी तथा प्युठ सुजन बरामु लगायत नेपाली सेनाको दक्ष समुह सहित केहि स्थानीयहरुले पनि कृत्रिम घटना अभ्यासमा सक्रिय भुमिका निर्वाह गरेका थिए ।
नेपाली सेनाका रक्षा सम्वाददाता ध्रुव बीसीको समन्वयमा सम्पन्न चौरपाटी गाउँपालिकामा आयोजित औपचारीक समारोह वडा नम्बर ६ का वडाध्यक्ष डबल बहादुर खड्काको स्वागत मन्तब्य बाट सुरु भएको थियो भने सभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले गर्नु भएको थियो ।
कृत्रिम घटना अभ्यासका दृश्यहरुः







प्रतिक्रिया
📍 Message- SENDING 1.196238 BTC. Continue > https://graph.org/Message--17856-03-25?hs=cb21284c40f046df95a72aa54dffbcbe& 📍
85qz5i