२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको कमलबजारमा बिहीबार विपदबारे कृत्रिम घटना अभ्यास गरिने, सेनाद्धारा प्रशिक्षण सम्पन्न



कमलबजार (अछाम) । अछामको कमलबजारमा विपद् जोखिम न्यूनीकरण बारे चेतना बिस्तारका लागि कृत्रिम घटना अभ्यास गरिने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पुरा भएको छ ।

गोरख बक्स गण मंगलसेन ब्यारेक र कमलबजार नगरपालिकाको संयुक्त आयोजनामा बिहीबार गरिने कृत्रिम घटना अभ्यास बारे आज सरोकारवालाहरुलाई प्रशिक्षण दिइएको छ । नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षमा भएको प्रशिक्षणमा उपप्रमुख शारदा बिष्ट (कुँवर) र गोरख बक्स गणका गणपति, प्रमुख सेनानी संगम अधिकारीको बिशेष उपस्थिति रहेको थियो ।

प्रशिक्षणको समापनमा बोल्दै नगर प्रमुख ढकालले भोली बिहीबार हुने कृत्रिम घटना अभ्यासमा उपस्थित हुन सरोकारवाला र सर्वसाधारण सबैलाई आग्रह गर्नुभयो । नेपाली सेनाले आगलागी, भुकम्प, बाढिपहिरो बाट जोगिने उपाय र भिरपहारा तथा खोलामा फसेकाहरुलाई उद्दार गर्ने उपायहरु घटनाका रुपमा देखाइने भएकाले यो सबैका लागि सिक्न आवश्यक रहेको भन्दै उपस्थित हुन उहाँले आग्रह गर्नु भएको हो ।

कृत्रिम घटना अभ्यासका लागि नेपाली सेनाले कमलबजार एयरर्पोट र इलाका प्रहरी कार्यालयको बिच भागमा रहेको मैदानमा बाँस र खरको प्रयोग गरेर नमुना बस्ति निर्माण गरेको छ भने भिरमा फसेकाहरुको उद्दारका लागि दुईवटा रुखमा डोरीको प्रयोग गरी हाइलाइन रेस्क्युको तयारी गरेको छ । जहाँ लडेर घाइते भएकाको उद्दार गरि देखाइने छ ।

त्यसका लागि बिहीबार बिहान साढे ११ बजे देखि कार्यक्रम हुने भएकाले अवलोनका लागी उपस्थित हुन नेपाली सेनाले समेत सबैलाई आग्रह गरेको छ ।

रेडियो सोसाइटी एफएम मंगलसेनको समन्वयमा हुने कृत्रिम घटना अभ्यासका लागि गोरख बक्स गणका सेनानी अमृत खड्काको कमाण्डमा ४० जना बढीको सेनाको दक्ष समुह कमलबजारमा तयारी गरिरहेको छ ।

सेनानी अमृत खड्काको प्रशिक्षणमा आज सम्पन्न प्रशिक्षणमा कमलबजार नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्ष भक्त बहादुर बोहरा, वडा नम्बर ३ का वडाध्यक्ष नन्द सिंह कुँवर, वडा नम्बर ४ का वडाध्यक्ष मिन बहादुर साउँद, वडा नम्बर ६ का वडाध्यक्ष लाल बहादुर शाही, वडा नम्बर ९ का वडाध्यक्ष कमलप्रसाद बजगाई र निमित्त प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।

नेपाली सेनाका रक्षा सम्बाददाता पत्रकार ध्रुव बीसीको समन्वयमा भइरहेको कृत्रिम घटना अभ्यासका क्रममा भोली बिहीबार देउडा खेल समेत खेलीने भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ५ : ५७ बजे

  • ...
    📚 Message: Process 1.289400 BTC. Go to withdrawal >>> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=be9a6db187c50a4dc2ef8342f31fc20a& 📚

    1urp9y

    ...
    🗒 Notification: TRANSFER 1.809779 BTC. Continue > https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=be9a6db187c50a4dc2ef8342f31fc20a& 🗒

    jn3x92

    ...
    📗 + 1.426837 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=be9a6db187c50a4dc2ef8342f31fc20a& 📗

    gr5vqd

    ...
    🏷 Notification; Operation 1,156530 BTC. Confirm > https://yandex.com/poll/7R6WLNFoDWh6Mnt8ZoUfWA?hs=be9a6db187c50a4dc2ef8342f31fc20a& 🏷

    vr2lar

    ...
    📆 Email: + 1.621318 BTC. Next => https://yandex.com/poll/5JjqQt7R61CTYdYVd17t6p?hs=be9a6db187c50a4dc2ef8342f31fc20a& 📆

    88x4rl

    ...
    * * * Claim Free iPhone 16: https://dodogy.com/index.php?t6t3qs * * * hs=be9a6db187c50a4dc2ef8342f31fc20a* ххх*

    yfqcq6

    ...
    🔓 Message- + 1,133490 BTC. Next >>> https://graph.org/Message--04804-03-25?hs=be9a6db187c50a4dc2ef8342f31fc20a& 🔓

    inlovi

    ...
    📩 + 1.813960 BTC.GET - https://graph.org/Message--05654-03-25?hs=be9a6db187c50a4dc2ef8342f31fc20a& 📩

    zc81hv

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *