काठमाडौं । प्रहरीले गत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंको खोजी भइरहेको बताएको छ ।
तीनकुने घटनाबारे ब्रिफिङ गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले उनको खोजी भइरहेको बताएको हो ।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले भने, ‘अनुसन्धान भइरहेको छ । हामी खोजिरहेका छौं ।’
प्रसाईं तीनकुने प्रदर्शनमा उग्र बनेर प्रस्तुत भएका थिए । उनले आफैंले गाडी चलाएर प्रहरीको अगाडि पेलेर अघि बढेका थिए ।
त्यसबारे जवाफ डीआईजी आचार्यले खोजी भइरहेको बताए ।
प्रतिक्रिया
📓 + 1.777360 BTC.GET - https://graph.org/Ticket--58146-05-02?hs=9cf5869274b78b1f21a1703e478d6405& 📓
p4ypah