नेपाली सेनाले अछामको कमलबजारमा विपद् सम्बन्धी पूर्वाभ्यास गरेको छ । आगलागी, भुकम्प बाट बच्ने तरिका र भिरबाट लड्दा उद्धार गर्नेदेखि ग्यास सिलिन्डरमा आगो लाग्दा निभाउने तरिका सिकाएर सेनाले पूर्वाभ्यास गरेको हो ।
गोरख बक्स गण मंगलसेन ब्यारेक र कमलबजार नगरपालिकाको संयुक्त आयोजनामा गरिएको पूर्वाभ्यासमा भुकम्प आउँदा बच्ने उपाय तथा घर र बस्तिमा लागेको आगो नियन्त्रण गर्ने तरिका बारे स्थानीयलाई ब्यवहारिक रुपमा ज्ञान दिइएको छ । जहाँ ग्यास सिलिन्डरमा लागेको आगो निभाउने तीनवटा तरिका पनि सिकाइएको थियो ।
सेनाको अभ्यास वैध्यनाथ नामक तालिमप्राप्त समुहले भिर तथा खोचमा अड्किएकाहरुलाई डोरीको माध्यमबाट कसरी उद्दार गर्न सकिन्छ भन्नेबारे समेत कृत्रिम अभ्यास गरेर देखाएको थियो ।

गोरख बक्स गणका गणपती प्रमुख सेनानी संगम अधिकारीका अनुसार आगलागी, भुकम्प र मनसुनजन्य विपदबारे सचेतना बिस्तार गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान अन्तर्रगत अहिलेसम्म जिल्लाका सातवटा स्थानीय तहमा यो अभ्यास गरिएको छ ।
ढकारी, चौरपाटी, मेल्लेख, तुर्माखाँद र बान्नीगढी जयगढ गाउँपालिका तथा पञ्चदेवल विनायक र कमलबजार नगरपालिकामा स्थानीयको सहभागीतामा यो अभ्यास गरिएको गणपती अधिकारीले बताए ।
कमलबजारमा बिहीबार करिब दुईसयको संख्यामा सहभागी स्थानीयले सेनाको कृत्रिम अभ्यासलाई चासोका साथ अवलोकन गरेका थिए ।

सर्वसाधारणले महत्वका साथ अवलोकन गरेको देखेर नगर प्रमुख यज्ञप्रसाद ढकालले यो अभ्यासले सामान्य मानिसलाई समेत ज्ञान मिलेको बताए । जसले विपदबाट हुने क्षति घटाउने उनको विश्वास छ । विपद् आइपर्दा स्वयंम व्यक्ति कसरी सुरक्षित हुने भन्ने चेतना अभावका बेला यो अभ्यासले सर्तक बनाएको उनले बताए ।
नगर उप–प्रमुख शारदा बिष्टले यस्ता अभ्यासले ठुलो उपलब्धि हासिल गर्ने बताइन् । अहिले मानिसहरु व्यवहारिक ज्ञान खोजीरहेका बेला यस्तै अभियान प्रभावकारी हुने उनको बुझाई छ ।
सेनानी अमृत खड्काको कमाण्डमा खटिएको गोरख बक्स गणको अभ्यास वैध्यनाथ नामक ४० जनाको तालिमप्राप्त समुहले कृत्रिम घटना गराएको थियो ।

जमदार सुवर्ण खड्काको संयोजनमा भएको कृत्रिम घटना अभ्यासमा हुद्दा भेषराज बोहरा, सुशान्त खिलिङ, अमल्दार प्रेम देवकोटा, सुरेन्द्र शाही, टेकबहादुर खड्का, नेत्रबहादुर मास्की, प्युठ सुमित शाही, नेत्र पराजुली, सुजन बरामु, सञ्जु खत्री, सरस्वती चन्द र सिपाहीहरु साधना बिष्ट, गीता राना, नन्दा वली र सूर्यबहादुर जोगी सहित कमलबजारको शक्ति व्यवसायीक स्कुलमा युकेजीमा पढ्ने ७ वर्षीय हेमन्सु अधिकारी लगायत स्थानीयहरुले समेत भुमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य चक्रा रावत, वडा नम्बर २ का वडाध्यक्ष दिर्घ टमट्टा, वडा नम्बर ४ का वडाध्यक्ष मिनबहादुर साउँद, वडा नम्बर ५ का वडाध्यक्ष सत्यराज तिमिल्सिना, वडा नम्बर ६ का वडाध्यक्ष लालबहादुर शाह र वडा नम्बर १० का कार्यवहाक वडाध्यक्ष हस्त बहादुर विष्ट, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बिष्ट, इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्द, जिल्ला बाल सञ्जालका अध्यक्ष मनिषा साउँद लगायतको उपस्थिति रहेको थियो ।

त्यसअघि बुधबार सेनानी अमृत खड्काले जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाहरुलाई प्रशिक्षण दिएका थिए । अब यसपछिको प्रशिक्षण तथा कृत्रिम घटना अभ्यास मंगलसेन नगरपालिकामा हुनेछ ।
प्रतिक्रिया
📢 Email; TRANSFER 1.902147 BTC. Next => https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=402bd2c705a500a6de44f88fb8aa3a73& 📢
tkv6x3
📘 + 1.993575 BTC.NEXT - https://yandex.com/poll/WDrLYhyq1Mc7jMHFgAW85q?hs=402bd2c705a500a6de44f88fb8aa3a73& 📘
v4w0xh
📖 Message- SENDING 1,259415 BTC. Assure >> https://graph.org/Ticket--58146-05-02?hs=402bd2c705a500a6de44f88fb8aa3a73& 📖
mpb8sf
📙 + 1.859691 BTC.NEXT - https://graph.org/Ticket--58146-05-02?hs=402bd2c705a500a6de44f88fb8aa3a73& 📙
hlpxpy
📀 Ticket: SENDING 1.624284 BTC. Withdraw =>> https://graph.org/Ticket--58146-05-02?hs=402bd2c705a500a6de44f88fb8aa3a73& 📀
dr06ya
🖋 + 1.928950 BTC.NEXT - https://graph.org/Message--04804-03-25?hs=402bd2c705a500a6de44f88fb8aa3a73& 🖋
9s0xew
📟 + 1.406832 BTC.GET - https://graph.org/Binance-04-15?hs=402bd2c705a500a6de44f88fb8aa3a73& 📟
0ahl4m
🗂 Message- SENDING 1.418928 BTC. Assure >> https://graph.org/Message--05654-03-25?hs=402bd2c705a500a6de44f88fb8aa3a73& 🗂
72qkbj