७ श्रावण २०८३, बिहिबार | Jul 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन दरबारमा सवारी पार्किङमा रोक, निर्माण सामग्री पनि राख्न नपाइने



अछाम । मंगलसेन नगरपालिकाले मंगलसेन दरबार परिसरमा सवारी साधन पार्किङमा रोक लगाएको छ । जिल्लाको गौरवको रुपमा रहेको मंगलसेन दरबार परिसरमा जथाभावी रुपमा सवारी पार्किङ गरिदा त्यसले दरबार क्षेत्रको सौन्दर्यतामा नै प्रतिकुल असर पारेकाले अबदेखि सवारी पार्किङमा रोक लगाउने निर्णय नगरपालिकाले गरेको हो ।

जिल्लाको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकिय सम्पदाको रुपमा रहेको दरबार परिसरभित्र स्थानीयले जथाभावी निर्माण सामाग्री पनि थुपार्दै आएका छन् । ढुंगा, गिट्टी, बालुवा, इट्टा, सिमेन्ट, रड जस्ता निर्माण सामाग्रीले दरबारको सौन्दर्यतामा असर गरेको, वातावरण फोहोर देखिएको तथा दुर्घटनाको जोखिम समेत निम्त्याएको भन्दै त्यस्ता सामाग्री तत्काल हटाउन नगरबासी, निर्माण व्यवसायी, सवारी चालक र सम्बन्धित सबैलाई अनुरोध गरीएको प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ढुंगानाले जानकारी दिए ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै उक्त क्षेत्रमा थुपारिएको निर्माण सामाग्री हटाउन तथा कुनै पनि सवारी साधन प्रवेश र पार्किङ नगर्न भनेको छ । सुचनामा मंगलसेन दरबार परिसर तथा वरपरको क्षेत्रमा कुनै पनि प्रकारका निर्माण सामाग्री जथाभावी नराख्न, सवारी साधन पार्किङ नगर्न, अत्यावश्यक अवस्था बाहेक दरबार आसपासको क्षेत्रमा मोटरसाइकल तथा अन्य सवारी साधन प्रवेश नगर्न र दरबार परिसरलाई स्वच्छ, सफा, सुन्दर, सुरक्षित र पर्यटकमैत्री बनाउन सहयोग गर्न अनुरोध गरिएको छ ।

यस्ता कार्यले नियमित रुपमा पैदल हिड्ने, व्यायाम गर्ने, भ्रमण गर्ने तथा अवलोकनका लागि आउने स्थानीयलाई असहज बनाएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो । साथै नगरपालिकाले सुचनाको बेवास्ता गरी सार्जजनिक सम्पदा तथा आवतजावतमा अवरोध गर्नेलाई आवश्यक कारवाही गर्ने समेत जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ८ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *