१७ श्रावण २०८३, आइतबार | Aug 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२० वर्षे पेन्डिङ मुद्दामा अछाम प्रहरीको ठुलो सफलता



मंगलसेन । अछाम प्रहरीले लामो समयपछि २० वर्षे पेन्डिङ मुद्दामा ठुलो सफलता हासिल गरेको छ । जस अन्तरगत जम्मा २३ मुद्दामा गत एक आर्थिक वर्षमा १२ वटा मुद्दा फर्छ्यौट गरेर प्रहरीले सफलता हासिल गरेको हो । अछाम प्रहरीले यसलाई अहिलेसम्मकै महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छ ।

गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यसम्पादन विवरण सार्वजनिक गर्न मंगलसेनमा आइतबार आयोजित पत्रकार भेटघाटका क्रममा प्रहरीले गत वर्ष जिल्लाभर जम्मा १४१ वटा आपराधिक घटना प्रहरीमा दर्ता भएको जानकारी दिएको छ ।

जसमध्ये महिला तथा बालबालिका सम्बन्धि २७ वटा अपराधका घटना प्रहरी समक्ष आएको देखिन्छ । त्यस्तै एक वर्षको अवधिमा ज्यान सम्बन्धी २१, आत्महत्या सम्बन्धी २४, सामाजिक अपराधका ३३, संगठित तथा आर्थिक अपराध सम्बन्धी ८, सवारी ज्यानका ४, चोरी सम्बन्धी ३ र अन्य २१ गरी १ सय ४१ घटना दर्ता भएका छन ।

जिल्लामा हातहतियार सम्बन्धी १, बैंकिङ कसुरका ८ र जुवातास सम्बन्धी १ गरी जम्मा १० वटा जघन्य तथा गम्भिर अपराधका घटना दर्ता भएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ मा घरेलु हिंसाका मात्रै ४७ वटा उजुरी परेका थिए । जसमध्ये ३९ वटा उजुरीको मिलापत्रको माध्यमबाट समाधान गरिएको छ भने बाकी ८ वटा उजुरी थप प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाईएको छ ।

प्रहरीको विवरण अनुसार अछाममा आत्महत्याको दर चिन्ताजनक देखिएको छ । यो अवधिमा २५ वटा आत्महत्याका घटना भएका छन् भने आत्महत्याको प्रयासका घटना पनि उल्लेख्य रहेका छन् । आत्महत्याको प्रयास गर्ने किशोरकिशोरी उमेर समूहका धेरै छन् । यसको मुख्य कारण लैंगिक विभेद र हिंसा, अपरिपक्क उमेरमा हुने प्रेम सम्बन्धमा असफलता, बालविवाह लगायत देखिएको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले बताए । उनका अनुसार यी विभिन्न कारणले मानसिक तनाव बढ्ने र त्यसको व्यवस्थापन गर्न नसक्दा अधिकांशले आत्महत्याको बाटो रोज्ने गरेका देखिएको छ ।

यस्तै आर्थिक वर्ष २०८२/८३ मा २५ वटा सवारी दुर्घटना भएका छन् । अछाम प्रहरीले यो अवधिमा २ वर्षे ९३ वटा पेण्डिङ मुद्धामध्ये ६८ वटा मुद्धा फर्छ्यौट गरेको छ ।

यस अवधिमा चालु मुद्धाका एकसय ५१ जना र अदालतबाट फैसला भएका मुद्धाका ५६ जना प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा एकहजार ९७३ वटा सचेतनामूलक कार्यक्रम तथा दुर्घटना न्यूनिकरणका विभिन्न कार्यक्रम सहित अपराध न्यूनिकरणका प्रयासहरु गरेको पनि जनाएको छ ।

यसैबिच अछामबाट धनुषा जिल्ला सरुवा भएका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनाललाई संचारकर्मीले सम्मानसहित फेरी भेटौला कार्यक्रम मार्फत् बिदाई पनि गरेका छन् । नेपाल पत्रकार महासंघ अछामको अगुवाईमा डीएसपी खनाललाई खादासहित सम्मान गरि आगामी कार्य सफलताको शुभकामना व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ९ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *