मंगलसेन । अछाम प्रहरीले मंगलसेनका विभिन्न ठाउँबाट अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरी टोलीले मंगलसेन नगरपालिका वडा नम्बर ३ र ५ स्थित स्थानीयका घरबाट लुकाईछीपाई राखेको अवस्थामा अवैध घरेलु तयारी मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरेको हो ।
खानतलासीको क्रममा २ सय लिटर कच्चा पदार्थ र २ सय ९५ लिटर तयारी मदिरा गरी जम्मा ४ सय ९५ लिटर अवैध मदिरा बरामद गरिएको हो । बरामद भएको मदिरा स्थानीय जनप्रतिनिधीको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया