५ मंसिर २०८३, शुक्रबार | Nov 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारका सामुदायिक विद्यालयमा नगर शिक्षक अनुदान उपलब्ध गराउने तयारी



अछाम । कमलबजार नगरपालिकाले नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि नगर शिक्षक अनुदान उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ ।

नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै नगर अनुदानमा कार्यरत शिक्षकहरूको शैक्षिक सत्र २०८३ को असोज मसान्तसम्मको तलब भत्ता भुक्तानी गरिसकेको जनाएको छ । साथै बाँकी शैक्षिक सत्रको पठनपाठन तथा अन्य शैक्षिक गतिविधि नियमित रूपमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन सामुदायिक विद्यालयहरूलाई आग्रह गरेको छ ।

नगर शिक्षा समितिको २०८३ भदौ ३ गते बसेको बैठकले नगरपालिकालाई नगर शिक्षक अनुदान उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । सोही निर्णयअनुसार नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूलाई शिक्षक व्यवस्थापन तथा शैक्षिक गतिविधि नियमित गर्न अनुरोध गरिएको हो ।

नगर अनुदानमार्फत शिक्षक व्यवस्थापन गर्न चाहने विद्यालयहरूले विद्यालय व्यवस्थापन समितिको बैठकबाट शिक्षक आवश्यकतासम्बन्धी निर्णय गराई नगरपालिकामा उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

विद्यालयबाट प्राप्त मागका आधारमा आगामी नगर कार्यपालिकाको बैठकबाट निर्णय तथा सिफारिस गरी हिउँदे नगरसभाबाट नगर शिक्षक अनुदान रकम उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख यज्ञप्रसाद ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यालयको शैक्षिक गतिविधि नियमित र प्रभावकारी बनाउन आवश्यक सहयोग तथा समन्वय गर्नसमेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शुक्रबार  २ : १४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *