५ मंसिर २०८३, शुक्रबार | Nov 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गंगा मावि तेसिंगे : विश्व बाल दिवसमा विद्यार्थीको सिर्जनात्मक प्रतिभा प्रदर्शन



अछाम। विश्व बाल दिवसको अवसरमा अछामको मंगलसेन नगरपालिका–६ स्थित गंगा माध्यमिक विद्यालय तेसिंगेमा आधारभूत तहस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

मंगलसेन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको परिपत्रअनुसार वडा नं. ६ का विद्यालयबीच कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि ‘बालमैत्री विद्यालय’ शीर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा गंगा माध्यमिक विद्यालय तेसिंगे र मालिका आधारभूत विद्यालय ठुलासैनका १२ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा टोपेन्द्र ढुंगाना प्रथम, योगेश भण्डारी द्वितीय, हेमन्त धमाला तृतीय र निशा तिमिल्सेना सान्त्वना भएका छन्।

विद्यालयका प्रधानाध्यापक मोतीराम भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, कविता र गजललगायतका विभिन्न सांस्कृतिक प्रस्तुति पनि दिएका थिए। प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कारसमेत प्रदान गरिएको विद्यालयका सूचना अधिकारी टेक राज भण्डारीले जानकारी दिनुभयो।

संयुक्त राष्ट्रसंघले सन् १९५४ मा विश्वभरका बालबालिकाबीच आपसी सद्भाव र समझदारी अभिवृद्धि गर्ने उद्देश्यले विश्व बाल दिवस मनाउने अवधारणा अघि सारेको थियो। नोभेम्बर २०, १९५९ मा संयुक्त राष्ट्रसंघको महासभाले बाल अधिकारसम्बन्धी घोषणापत्र पारित गरेको थियो भने नोभेम्बर २०, १९८९ मा बाल अधिकार महासन्धि पारित गरेको थियो। यही ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष नोभेम्बर २० मा विश्व बाल दिवस मनाइन्छ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शुक्रबार  ४ : ०० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *