३० आश्विन २०८३, शुक्रबार | Oct 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई वर्षभित्र सेती लोकमार्गमा गाडी गुड्छ : सांसद स्वाँर

सम विकास नेपालको वार्षिक सधारणसभा सम्पन्न



साँफेबगर । अछाम–१ बाट निर्वाचित प्रनिनिधिसभा सदस्य भरतकुमार स्वाँरले अबको दुई वर्षभित्रै सेती लोकमार्ग सञ्चालनमा आउने बताउनु भएको छ । पूर्ण रुपमा काम सम्पन्न हुन समय लागेपनि दुईवर्ष भित्रै सडकमा गाडी गुड्न सुरु हुने उहाँले बताउनु भएको हो ।

सम विकास नेपालको १५ औँ वार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा बोल्दै सांसद स्वाँरले त्यसका लागि सम्बन्धित निकायमा आफू निरन्तर धाइरहेको बताउनुभयो । उहाँले बुढीगंगा जलविद्युत् आयोजना र बयालपाटा अस्पताल बारेपनि आफु नियमित रुपमा पहल–कदमीमा रहेको उल्लेख गर्नुभयो ।

तर रास्वपा नेतृत्वको सरकारले यो क्षेत्रका समस्या बारे बेवास्ता गरेको भन्दै सांसद स्वाँरले आपत्ति जनाउनुभयो । उहाँले संसद चलेको बाहेक अन्य समयमा काठमाडौं नबस्ने भन्दै निरन्तर जिल्लामा आएर जनताको माझमा रहने प्रतिवद्धता समेत जनाउनु भयो ।

साधारणसभामा बोल्दै उहाँले सम विकास नेपालले अछाम, डोटी र बाजुमा निकै उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गर्नुभयो । महिला बालबालिका, स्थानीय उत्पादन, जलबायु परिवर्तन र सशक्तीकरण लगायत विषयमा धेरै राम्रो प्रतिफल देखिएको उल्लेख गर्दै सांसद स्वारले महिलाहरु कै नेतृत्वमा रहेको सम विकासले विगत देखि नै सामाजिक रुपान्तरणक पक्षमा गरेका कामको प्रशंसा गर्नु भएको हो ।

सम विकासको स्थापनादेखि नै आफू यो संस्था संग परिचित रहेको भन्दै उहाँले यसको पृष्ठभूमि नै बलियो र विश्वासिलो रहेको बताउनुभयो । सम विकास नेपालका अध्यक्ष दुधकला विष्टको अध्यक्षतामा भएको वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षणमा साँफेबगर नगरपालिकाका कार्यवहाक नगर प्रमुख शिवबहादुर कुँवर विशिष्ठ अतिथि रहनु भएको थियो । उहाँले स्थानीय सरकारका नीति अनुसार गैर सरकारी संस्थाले गरिरहेको साँझेदारीका कारण समाजिक रुपान्तरणमा सहयोग पुगेको बताउनुभयो ।

सभामा अछामका प्रमुख जिल्ला अधिकारी टिकाराम ढकालले महिला तथा किशोरी सशक्तीकरणका लागि भइरहका कामले प्रतिफल दिनेमा विस्वास व्यक्त गर्नुभयो । उहाँले पछाडी पारिएका वर्गहरुको समृद्धिका लागि आगामी दिनमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

सभामा सम विकास नेपालका संस्थापक अध्यक्ष पशुपती कुँवरले संस्थाको उद्देश्य र प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस क्रममा उहाँले विभिन्न चुनौति लाई मुख्य प्राथमिक्ताका साथ प्रस्तुत गर्नुभयो ।

सभामा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावल, नेपाली कम्युनिस्ट पार्टीका जिल्ला संयोजक प्रकाश शाह, मेल्लेख गाउँपालिकाका प्रशासकीय अधिकृत संगीता ताम्राकार, नेकपा एमालेका साँफेबगर नगर कमिटी अध्यक्ष हिरण्ड कुँवरले शुभकामना मन्तब्य राखेका थिए ।

त्यस्तै गैर सरकारी संस्था महासंघका अप्सरा कुँवर, ब्रम्हकुमारी ईश्वरी विश्व विद्यालय मंगलसेनका प्रमुख कबिता कडायत, डब्ल्यु एच एचका संयोजक रमेश जोसी, युवा सञ्जालका युवराज नाथ र किशोरी सञ्जालका मनिषा बजगाइले पनि मन्तब्य राखेका थिए ।

सम विकास नेपालका कोषाध्यक्ष सत्य स्वारले १८ करोड बढीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेको सभामा पत्रकार तपेन्द्र कुँवरले सामाजिक परीक्षणको सहजीकरण गर्नु भएको थियो । सम विकास नेपालका सदस्य रुपा नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव जानकी बोहराले गर्नु भएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार  ७ : १३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *