१८ बैशाख २०८१, मंगलबार | Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शल्यक्रियापछि सुत्केरीको मृत्यु



विराटनगर । मोरङमा शल्यक्रिया गरिएको ९ घण्टापछि एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी नगपालिका–९ की २५ वर्षीया सुष्मिता मण्डल हुन् ।
उनलाई रंगेली अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराइएको थियो । शल्यक्रियामार्फत उनको पेटबाट छोरी निकालिएको थियो । यो उनको दोस्रो सन्तान हो । उनको पहिलो सन्तान पनि छोरी हुन् ।
डा. अरुण भट्टराई नेतृत्वको टोलीले बिहीबार साँझ ५ बजेतिर उनको शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि सामान्य अवस्थामा रहेकी सुष्मितालाई एक्कासि पेट दुख्ने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएको थियो ।
अस्पतालका अनुसार सुत्केरीको मृत्युको कारण पत्ता लाग्न सकेको छैन । तर फोक्सोको नशा ब्लक भएर मृत्यु भएको हुनसक्ने अनुमान छ ।
अस्पतालका अनुसार आमाको मृत्यु भए पनि उनीबाट जन्मिएकी शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १ : ०२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *