२१ मंसिर २०८२, शनिबार | Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज संघ र प्रदेशको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता



काठमाडौं । आगामी ४ मंसिरमा हुने संघ र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आइतबार हुँदै छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ । 

मनोनयनको पूर्वसन्ध्यामा शनिबार आयोगले पत्रकार सम्मेलन गर्दै मनोनयनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

दलहरूले वर्षालगायतका कारण मनोनयनमा समस्या हुने भन्दै कार्यतालिका फेरेर समयावधि बढाउन आग्रह गरेका थिए । तर, आयोगले त्यसलाई अस्वीकार गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कार्यतालिका पुनरावलोकनको कुनै आधार नदेखेकाले परिवर्तन नहुने बताए । 

आयोगले उम्मेदवारी दर्ता गराउन सम्बन्धित निर्वाचन क्षेत्रमा उपस्थित हुन नसक्नेका लागि काठमाडौंबाटै मनोनयन दर्ताको व्यवस्था गर्ने भएको छ । आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय जान नसक्ने अवस्थालाई हेरेर आयोगले केन्द्रबाटै सहजीकरण गर्न लागेको हो । यसका लागि बिहान १० बजे नै आवश्यक कागजात आयोगमा बुझाउनुपर्नेछ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचनका लागि आयोगमा ८७ दल दर्ता छन् । तीमध्ये ७५ दललाई एकल निर्वाचनमा सहभागी हुन र १२ दललाई चार चिह्नबाट संयुक्त निर्वाचनमा सहभागी हुने गरी आयोगले मान्यता दिएको थियो । त्यस्तै, प्रदेश सभातर्फ प्रदेश १ मा ७०, मधेसमा ७५, बागमतीमा ७२, गण्डकीमा ६६, लुम्बिनीमा ६८, कर्णालीमा ६४ र सुदूरपश्चिममा ६४ दल दर्ता भएका छन् । 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ०१ बजे

  • ...
    binance sign up

    Thanks for shening. I read many of your blog posts, cool, your blog is very good.

    ...
    binance

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

    ...
    Crear cuenta personal

    I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    ...
    開立binance帳戶

    Your article helped me a lot, is there any more related content? Thanks!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *