काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले संकटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउने बताएका छन् । सोमबार शपथ ग्रहणपछी मन्त्रालय पुगेर पदभार सम्हाल्दै उनले भने, ‘अर्थतन्त्र संकटको डिलमा छ । यसलाई सुरक्षित ठाउँमा फर्काउँछु ।’
यस्तै उनले सबै क्षेत्रका विज्ञहरूसँग जीवन्त संवाद गरेर आफूले हरेक निर्णय लिने बताए ।
पदभारसँगै मन्त्री पौडेलले अर्थमन्त्रालय मातहतका निकायलाई अनलाइन प्रणालीबाट व्यवस्थित बनाउने निर्णय गरेका छन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले अर्थतन्त्रका क्षेत्रमा देखिएका सम्पूर्ण समस्या हल गर्न आफू लागि पर्ने बताएका छन्।
विगतको अर्थतन्त्रबाट चिन्तित हुने अवस्थालाई सुधार्ने उनको भनाइ छ। खस्कँदो आर्थिक अवस्था किन आयो यसको संघन पहिचान गरी समाधानको बाटो खोज्ने उनले बताए।
समस्या समाधानका लागि अर्थ जगतका सबै क्षेत्र र विषय विज्ञसँग आवश्यक छलफल गरी निर्णय लिने उनले बताए।







प्रतिक्रिया
kostenloses binance Konto
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.