काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । यो केन्द्रले स्थापनाको १० वर्षमा एक हजार मिर्गौला प्रत्यारोपण गरेको हो ।
२०६९ साल माघ ६ गते पहिलो पटक यो अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको थियो । त्यो बेला डा. पुकारचन्द्र श्रेष्ठको ठूलो प्रयासपछि यो केन्द्रमा मिर्गौला प्रत्यारोपण गर्ने बाटो खुलेको हो ।
डा. श्रेष्ठ अहिलेपनि यो अस्पतालमा कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् । उनकै अगुवाईमा हरेक मिर्गौला पीडितले नयाँ जीवन पाउने गरेका छन् ।
हाल उनकै टीमले हरेकदिन जसो मिर्गौला प्रत्यारोपण गर्ने गरेको छ । जसका कारण देशभरका मिर्गौला पीडितहरुका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र वरदान सावित भएको छ ।
एक हजार जनाको मिर्गौला प्रत्यारोपण पछि केन्द्रले केक काटेर थप जिम्मेवार बन्ने र अझै छिटो सेवा दिन कोसिस गर्ने प्रण समेत गरेको छ । कार्यकारी निर्देशक डा.श्रेठले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख गरे अनुसार अब छिटै सेती प्रादेशिक अस्पताल, मदन मण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा अस्पताल र भरतपुर अस्पतालमा पनि मिर्गौला प्रत्यारोण सरु ग्र्न प्रक्रिया सुरु भइसकेको छ ।
‘यस केन्द्रमा पहिलो मिर्गौला प्रत्यारोपण २०६९ माघ ६ गते भएको थियो । आज २०७९ पुस २७ गते ९९९ र १००० औँ केशको प्रत्यारोपण भएको छ । आज पहिलो केश १८ वर्षको छोरालाई ३७ वर्षको आमाले मिर्गौला दान गरेकी थिईन् । दोस्रो केश ५० वर्षको श्रीमतीलाई ५७ वर्षका श्रीमाले मिर्गौला दान गर्नु भएको हो,’ डा.श्रेष्ठको प्रेस वक्तव्यमा भनिएको छ ।
उनका अनुसार सुरु सुरुमा प्रत्यारोपण गराउनको संख्या थोरै भएपनि केन्द्रमा पछिल्ला बर्षमा औषत बार्षिक २०० को दरले प्रत्यारोपण हुन थालेको छ । त्यसो त डा श्रेष्ठ नेतृत्वको टोलीले अहिलेसम्म १ हजार ४८ जनाको प्रत्यारोपण गरिसकेको छ । त्यो संख्या प्रत्यारोपण केन्द्र संगै बीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य अस्पतालको समेत हो ।
उनले एउटा केन्द्रमा एक हजार जनाको मिर्गौैला प्रत्यारोपण हुनुलाई ऐतिहासिक सफलता भन्दै त्यसमा केन्द्रका चिकित्सक, नर्स तथा अन्य सम्पूर्ण कर्मचारीहरुको अथक प्रयासका साथै पत्रकार, राजनीतिज्ञ, कलाकार, सेमाजसेवी सबैको उल्लेखनीय योगदान रहेको बताए । उनले विश्वभरी नै मिर्गौला रोगको प्रकोप वढि रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउन पर्ने आवश्यक रहेको समेत बताए ।
नेपालमा मिर्गौला फेल हुने दर कति ?
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक १० जना मध्ये १ जनलाई कुनै न कुनै किसिमको मिर्गौला रोग लाग्ने अनुमान छ । डा श्रेष्ठका अनुसार नेपालमा बर्षेनी करीब ३,००० जनाको मिर्गौला फेल हुने गरेको र उनीहरु मध्ये धेरैको अंग प्रत्यारोपण नभएर अकालमा मृत्यु हुने गरेको छ ।
डा श्रेष्ठले मस्तिष्क मृत्यु पश्चात अंग दान तथा ति अंगबाट प्रत्यारोपण गर्न सकिने व्यवस्था भएता पनि हालसम्म नगन्य संख्यामा मात्र उक्त कार्य भएको र समयमै मस्तिष्क मृत्यू भएको जानकारी प्राप्त नहुँदा ६ वर्षको अवधिमा जम्मा ४ जना अंगदाताबाट प्राप्त ८ वटा मृर्गौला र २ वटा कलेजो मात्र प्रत्यारोपण हुन सकेको बताए ।
उनका अनुसार अनुसार भक्तपुर अस्पतालको लागि निर्माण भएको जम्मा १०० बेड भवनमा केन्द्रले प्रत्यारोपण सेवा सञ्चालन गरेको तथा स्थानको चरम अभावका बाबजत पनि नेपालमै पहिलो कलेजो प्रत्यारोपण, एकै दिन ४ जना जिवित व्यक्तिको मिर्गौला प्रत्यारोपण र मस्तिष्क मृत्यू भएका व्यक्तिको अंगबाट मृर्गौला र कलेजो प्रत्यारोपण गरेको साथै १० वर्षको अववधिमा १००० जनामा ९९ प्रतिशत सफलताका साथ मिर्गौैला प्रत्यारोपण गरेको बताए ।
प्रत्यारोपण क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकको ७ प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्ने र भौतिक पूर्वाधार विस्तार गरी केन्द्रलाई ५०० शैया विस्तार गरी प्रत्यारोपण सेवालाई सबैको पहुँचमा पु¥याउने योजना रहेको बताइएको छ ।
डा श्रेष्ठले केन्द्रको अगुवाईमा गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्रत्यारोपण सेवा शुरु भैसकेको र निकट भविष्यमा कर्णाली प्रदेश अन्तर्गत सुर्खेत अस्पतालमा केही हप्तामानै गर्ने योजना रहेको जानकारी दिए ।







प्रतिक्रिया
KSM币
Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks.
binance anm"alningsbonus
Your article helped me a lot, is there any more related content? Thanks!