३ आश्विन २०८१, बिहिबार | Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्कृष्ट लोगो बनाउनेलाई मोहन्यालले २५ हजार दिने



कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाले आफ्नो लोगो (प्रतीक चिन्ह) बनाउनेलाई २५ हजार रुपैयाँ दिने भएको छ । गाउँपालिकाले आइतबार एक सूचना निकाल्दै गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिहरुका लागि सार्वजनिक रुपमा आह्वान गरेको हो ।

गाउँपालिकाले लोगो (प्रतीक चिन्ह) निर्माणका लागि विभिन्न १० वटा मापदण्ड तोकेको छ । लोगो निर्माण गर्दा गाउँपालिकाको नाम र नेपालको झण्डा अनिवार्य, गाउँपालिकाको पहिचान, विशेषता, भाव लगायत विषय उल्लेख हुनुपर्ने सूचनामा उल्लेख छ ।

आगामी जेठ मसान्तभित्र लोगो बनाएर खामबन्दीमार्फत गाउँपालिकाको कार्यालयमा पठाउनु पर्नेछ । छनोट समितिले उत्कृष्ट लोगो छनोट गर्ने र छनोटमा परेका डिजाइनकर्तालाई गाउँपालिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने सूचनामा उल्लेख छ । सामूहिक रुपमा डिजाइन गरिएको लोगोलाई मान्यता नदिने गाउँपालिकाले जनाएको छ ।

हेर्नुहोस् सूचना :

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ११ : १४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *