काठमाडौं । देशभर थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो पछिल्लो २४ घण्टाको रेकर्ड हो ।
यो अवधिमा तीन हजार ९० परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार १९९ पीसीआर परीक्षणमा १५२ जना र एक हजार ८९१ एन्टिजेन परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ रहेको छ । अहिलेसम्ममा नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार ३८५ पुगेको छ । परिक्षणलाई तिब्रता दिए संक्रमितको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
३२ असार २०७९, शनिबार
26
Shares
प्रतिक्रिया