काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी चैत्र १९ (अप्रिल १)देखि उत्तरी दिशाबाट जहाज अवतरणमा रोक लगाइएको छ । विमानस्थल कार्यालयले ‘रनवे टू–जिरो’को उत्तरी क्षेत्र ‘ट्याक्सी वे’मा काम गर्नुपर्ने भएकाले असार १६ (जुन ३०)सम्मका लागि जहाज अवतरणमा रोक लगाइएको जानकारी दिएको छ । विमानस्थलको तीन हजार ४५ मिटर लामो रनवेको उत्तरतिर २३६ मिटर भाग बन्द हुन…