काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारअगाडि रहेका अवैध संरचना र अव्यवस्थित रूपमा फालिएका फोहाेरमैला हटाएको छ। राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालयवरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहाेरमैला हटाइएको हो। महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तीन दिन अगाडिदेखि भवनवरिपरिका अव्यवस्थित फोहाेरमैला हटाउन माइकिङ गरेको र आज महानगरले विशेष सरसफाइ अभियान सञ्चालन गरेको जानकारी दिए। ‘सिंहदरबारअगाडिका अवैध…