२४ भाद्र २०८१, सोमबार | Sep 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरले हटायो सिंहदरबारअगाडिका अवैध संरचना



काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारअगाडि रहेका अवैध संरचना र अव्यवस्थित रूपमा फालिएका फोहाेरमैला हटाएको छ। राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालयवरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहाेरमैला हटाइएको हो।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तीन दिन अगाडिदेखि भवनवरिपरिका अव्यवस्थित फोहाेरमैला हटाउन माइकिङ गरेको र आज महानगरले विशेष सरसफाइ अभियान सञ्चालन गरेको जानकारी दिए। ‘सिंहदरबारअगाडिका अवैध संरचना तथा अव्यवस्थित फोहाेरमैला हटाएका छौँ। आफ्नो घर, कार्यालयअगाडि सरसफाइ गरिदिनुहुनका लागि महानगरले अनुरोध गर्दै आएको छ। महानगरलाई स्वच्छ, सफा बनाउन सम्पूर्ण व्यक्ति जिम्मेवार हुनुपर्दछ,’ उनले भने।

सरकारी कार्यालयअगाडि अवैध संरचना तथा अव्यवस्थित फोहाेरमैला राखेमा जरिवाना गर्नुपर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए। सिंहदरबारको पश्चिमगेटअगाडि पुलमुनि रहेका रेस्टुराँलगायतले निर्माण गरेका अवैध संरचना हटाइएको हो। महानगरले टुकुचा खोला वरपर सफा गर्नुका साथै शौचालयलगायतका संरचना हटाएको छ।

महानगरले विभिन्न ठाउँमा प्रत्येक दिन विशेष सरसफाइ अभियान सञ्चालन गर्दै आएको बताउँदै उनले आगामी शनिबार वृक्षरोपणको कार्यक्रम गर्ने जानकारी दिए।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  १ : ०१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *