अछाम जिल्लाका दुवै निर्वाचन क्षेत्रमा एमालेलाई चुनौती थपिएको छ । गत स्थानीय तहको प्राप्त मत अंकगणितअनुसार एमाले कमजोर देखिएपछि उसलाई चुनौती थपिएको हो । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामअनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धको मतसंख्या २६ हजार दुई सय ७० छ भने एमालेको १६ हजार पाँच सय ६७ मात्रै देखिन्छ । यसअनुसार क्षेत्र नम्बर…