काठमाडौं । गोलभेडा तरकारीको एक प्रकार जो साना-साना बोटमा फल्छ, प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ । वैज्ञानिक नाम लिकोपर्सिकोन एस्कुलेन्टमले चिनिने गोलभेडा सोलानासिया परिवार अन्तर्गत पर्ने पोथ्रा वर्गको वनस्पति हो। गोलभेडाको उत्पत्तिको केन्द्र पेरुभियाली तथा मेक्सीकाली क्षेत्र मानिन्छ । यसको साधारण नाम टमाटर (हिन्दी), रमभेडा (नेपाली) पनि हुन्छ । टमाटर एक महत्त्वपूर्ण ‘संरक्षी…