३० मंसिर २०८२, सोमबार | Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा मिर्गौला प्रत्यारोपण सुरु



सुर्खेत। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । अस्पतालमा शनिबारबाट मिर्गौला प्रत्यारोपण सुरु भएको हो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा सेवा विस्तार गर्ने कार्यक्रमअन्तर्गत कर्णाली अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सुरु गरेको छ ।

यो अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यारोपणका लागि २०७८ साल चैत्र १० गते सम्झौता गरेको भए पनि १० महिनापछि सेवा सुरु गरिएको हो ।

नवलपरासीको बर्दघाट नगरपालिका–४ का ४३ वर्षीया आमाले आफ्ना २२ वर्षीया छोरालाई दान गरेको मिर्गौला शनिबार प्रत्यारोपण गरिएको छ । धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले प्रत्यारोपण गरेको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले जानकारी दिए ।

काठमाडौंबाहिर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना भएको डा.पुष्करचन्द्र श्रेष्ठले बताए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ५ : ३९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *