मुगु। केही वर्ष यता चैत्रमा फुल्ने लालीगुराँस माघ महिनामै ढकमक्क फुल्न थालेका छन् । जिल्लामा गुराँस फुल्ने मौसम फागुन अन्तिमदेखि चैत, वैशाखसम्म हो । एक दुई वर्षयताबाट माघ पहिलो सातादेखि वनभरि ढकमक्क फुल्न थालेका छन्। पहिले पहिले चैत वैशाखमा फुल्ने गुराँस पछिल्ला केही वर्ष यता माघमै फुल्ने गरेको छायाँनाथ रारा नगरपालिका-१० का स्थानीय पदम बुढाले बताए…