१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जापानमा बन्याे ६५ फिट अग्लो बुद्धकाे मूर्ति  



काठमाडौं । जापानमा करिब ६५ फिट अग्लो तथागत भगवान बुद्धको मूर्ति निर्माण सम्पन्न भएको छ ।

क्यूशु प्रान्त कुमामोतो, कामी आमाकुसामा एक विशाल चट्टानी पहरामा नेपाली मूर्तिकारहरुले भगवान बुद्धको मूर्ति निमार्ण सम्पन्न गरेका हुन् ।

ओसिमा सेकिबुचुयामा मूर्ति निर्माण प्रतिष्ठानको अगुवाईमा नेपाली मूर्तिकारहरुले एउटै विशाल ढुंगामा कुँदिएको यस शताब्दीको विश्वकै अग्लो भगवान बुद्धको मूर्ति निर्माण भएको हो ।

मूर्ति बनाउनेहरुमा नेपाली मूर्तिकार मञ्जुल मित्तेरी, सूर्य केसी, सानभाई विश्वकर्मा, रामचन्द्र पण्डित, चतुरलाल राजवंशी, जीवन पौडेल, गणेशकुमार राई, रामकुमार राई र सुवास विश्वकर्मा रहेका छन् ।

सन् २०१६ को सेप्टेम्बर महिनादेखि भगवान बुद्धलगायत अन्य मूर्ति बनाउन सुरु भएर सम्पन्न गरिएकाे हाे । प्रतिष्ठान संरक्षक एवं अध्यक्ष ओसिमा सिजुकीले अब भगवान बुद्धलगायतका मूर्तिलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्ने बताए ।

एउटै विशाल चट्टानी पहरामा भगवान बुद्धको मूर्तिसहितका अन्य मूर्ति बनाउन ५० अर्ब बढी खर्च भएको प्रतिष्ठानले जनाएको छ ।

तस्बिर: शाैजन्य : मञ्जुल मित्तेरी

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ८ : ०५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *