काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको बंकरमा बसेका नेपाली विद्यार्थीसँग संवाद गरेका छन्। प्रधानमन्त्री दाहालले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थीहरूमध्येका विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट संवाद गरेका हुन्। संवादका क्रममा प्रधानमन्त्रीले निरन्तर अपडेट लिइरहेको र त्यहाँ रहेका नेपालीको उद्दारका लागि मन्त्रिपरिषद बैठक र सर्वदलीय बैठक बोलाएको जानकारी गराएका छन्। विपिनले जतिसक्दो चाँडो उद्दार गर्न आग्रह गरेका थिए। सुदूरपश्चिम…