काठमाडौं । सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्निर्माणका लागि खर्च गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको रकम पुनर्निर्माण कोषमा रकमान्तर गरेर खर्च गर्ने निर्णय गरेको हो। सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ८ अर्ब २५ करोड रुपैयाँ बजेट छुट्याइएको छ। प्रचण्ड…