१७ चैत्र २०७९, शुक्रबार | Fri Mar 31 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद भवनअगाडी आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन



काठमाडौं। मंगलबार संघीय संसद भवनअघि आफ्नै शरिरमा आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु  भएको छ । जलेर गम्भीर घाइते भएको अवस्थामा कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा आचार्यको विहान मृत्यु भएको अस्पतालका डा. किरण नकर्मीले बताए ।

मंगलबार राति स्वास्थ्य राज्यमन्त्री डाक्टर तोसिमा कार्कीले आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् । त्यतिबेला आचार्य बोल्न सक्ने अवस्थामा थिए । तर उनको शरिरको ८० प्रतिशत भाग जलेकाले बचाउनन नसकिएको डाक्टरले बताएका छन् ।

इलाम घर भएका आचार्यले यो देशमा आफूले जति कोसिस गरेपनि केहि गर्न नसकेको भन्दै नयाँ वानेश्वरको सडकमा प्रज्वलनशील पदार्थ शरिरमा खन्याएर आगो लगाएका थिए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ११ : ४७ बजे