झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फको भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार महामन्त्री शर्मा भारी मतान्तरले विजयी भएका हुन्। उनको जितसँगै झापामा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसले पहिलो खाता खोलेको हो। गठबन्धनबाट साझा उम्मेदवार बनेका शर्माले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) स्थायी कमिटि सदस्य अग्निप्रसाद खरेललाई १४ हजार…