सल्यान। सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परेर जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहाेरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४०…