काठमाडौं । प्रतिनिधिसभाको उम्मेदवार आफ्नो भागमा नपरेपछि धनकुटामा माओवादी केन्द्रका नेताहरुले सामुहिक राजीनामा दिएका छन् । उनीहरुले प्रतिनिधिसभाको उम्मेदवार आफुहरुले पाउनुपर्ने दाबी गर्दै आएपनि उम्मेदवार अर्कै पार्टीको भागमा परेपछि सामूहिक राजीनामा घोषणा गरेका हुन् । माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आइतबार एक विज्ञप्ति जारी गर्दैै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिट्ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश…