१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं उपत्यकामा आजदेखि कोरोनाको बुस्टर खोप दिइने



काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार आज बिहानदेखि १८ वर्षमाथि उमेर समूहलाई कोरोना भाइरस विरुद्धको बुस्टर खोप दिइँदैछ । खोप उपत्यकाका सबै स्वास्थ्य संस्थामा उपलब्ध हुनेछ ।
मंगलबार बिहान १० देखि बेलुका ५ बजेसम्म खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका निमित्त प्रमुख वसन्त अधिकारीले जानकारी दिए ।
साउन ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ ।
ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरहरुको सुझाव छ ।
खोप लगाउन जाने व्यक्तिले पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित तोकिएका खोप केन्द्रमा जान पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ८ : १५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *