३० असार २०८२, सोमबार | Jul 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीलंकामा इन्धनकालागि घण्टौ लामो लाइन, पालो आउन दश दिन



कोलम्बो। आर्थिक संकट झेलिरहेको श्रीलंकामा इन्धन भर्न १० दिनसम्म लागेको छ। राजधानी कोलम्बोमै तेल भर्न लाम बसेका गाडीको लाइन ५ किलोमिटरभन्दा बढी छ।

श्रीलंकामा राजनीतिक र आर्थिक संकट गहिरिँदै गएको छ। महँगी ५० प्रतिशतसम्म बढेको छ। राष्ट्रपति राजापाक्षले मुलुक छाडेर भागेका छन्। व्यापक विरोधपछि उनले मुलुकबाहिरबाटै राजीनामा दिएका छन्। कतिपयले कोरोना महामारीका कारण पर्यटन उद्योग धराशयी भएको र फलस्वरूप अहिलेको संकट निम्तिएको बताउँछन्।

तर अर्थ विश्लेषकहरू भने सरकारको आर्थिक नीतिका कारण संकट निम्तिएको बताउँछन्। न्यून विदेशी मुद्रा सञ्चितिका कारण तेल र औषधिजस्ता अत्यावश्यक सामग्री आयात गर्न पनि कठिन भएको छ। जसले गर्दा इन्धनको उपलब्ध हुन नसक्दा जनता लाइनमा बस्नु परेको हो।

यसैबिच बीबीसीका पाकिस्तान र अफगानिस्तान संवाददाता सिकंन्दर किरमानीले दस दिनेदेखि पेट्रोलको लाइनमा बसेका एक मिनीबस चालकसँग कुरा गरेका छन्। दस दिनदेखि लाइनमा रहेका ४३ वर्षीय प्रथम भन्छन्, ’’म गत बुधबारदेखि गाडीमै सुतिरहेको छु। निकै कठिन छ तर के गरुँ। मैले पूरा ट्यांकी तेल पनि पाउनेवाला छैन।’’-बीबीसी

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ८ : २३ बजे

  • ...
    Stan Store

    I'm extremely inspired together with your writing skills as smartly as with the layout to your weblog. Is that this a paid theme or did you customize it yourself? Anyway keep up the excellent high quality writing, it's uncommon to peer a nice weblog like this one nowadays. TikTok Algorithm!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *