४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले देशभर चुनावलक्षित विशेष अभियान चलाउने



काठमाडौं । नेपाली कांग्रेसले देशभर चुनावलक्षित विशेष अभियान चलाउने भएको छ । आगामी भदौ २ गतेदेखि २४ गतेसम्म अभियान चलाइने केन्द्रीय समितिले निर्णय गरेको हो ।
जसको कार्यतालिका केन्द्रले नै तयार गरेर खटनपटन सुरु हुनेछ । साथै आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन पनि गर्ने निर्णयसमेत गरिएको छ । तर सो सरकारको नेतृत्व भने कांग्रेसले नै गर्नु पाउनुपर्ने उसको अडान छ ।
तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने कांग्रेसको सर्त छ । यो संगै कांग्रेसले दर्जन बढी संघ, संस्थालाई भ्रातृ एवं शुभेच्छुक संस्थाको मान्यता दिएको छ ।
अवधि सकिएर पनि गठन हुन नसकेका संघहरूलाई साउनभित्र गठन गर्ने र पूर्णता दिने बारे पनि कांग्रेसले निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ८ : ५३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *