६ बैशाख २०८१, बिहिबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिनदिनै बढ्दै कोरोना, संक्रमण दर ९.८२ प्रतिशत



काठमाडौं । नेपालमा फेरि कोरोना महामारी बढ्न थालेको छ । वितेको एक वर्ष यता संक्रमण घटेर सामान्य बनेको भएपनि केहि दिन यता दिनानुदिन संक्रमण तिब्र रुपमा बढेको छ ।
गत २६ असारमा पहिलो पटक संक्रमतिको संख्या १०० भन्दा थोरै बढी रहेको भएपनि अहिले एक सातामै ४ सय ५० नाघेको छ । २६ असारमा १२१ जनामा संक्रमण पुष्टि हुँदा २७ गते १६८, २८ गते १७७, २९ गते २०६, ३० गते २६०, ३१ गते २२९ र असार ३२ गते २०५ पुग्यो ।
साउन १ गते १३५ जना संक्रमित भएकामा साउन २ यो संख्या उकालो लागेर ४५७ पुग्यो । संक्रमणको यो दर ९ दशमलव ८२ प्रतिशत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये पाँच सयभन्दा बढी काठमाडौं जिल्लामै रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : २० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *