१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किन भेटे प्रचण्ड र बाबुराम, यस्तो भयो छलफल



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
उनीहरुले वैकल्पिक गठबन्धन निर्माण गर्ने बारे छलफल गरेका छन् । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दाहाल र भट्टराईबीच छलफल भएको हो । यसअघि दाहाल र भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा पनि छलफल भएको थियो ।
माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गैरकांग्रेस, गैरएमालेको सामाजवादी केन्द्र बनाउने विषयको प्रस्ताव दाहालले गरेका थिए । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले हालै केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि नयाँ वामपन्थी गठबन्धन बन्नु पर्नेमा जोड दिइएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : ३४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *