१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज ३५७ जनामा कोरोना संक्रमण, निको हुने जम्मा ६२ मात्र



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ३२८ जनाको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
त्यसमध्ये एक हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र एक हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको थियो । यो तथ्यांक संगै अब कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार ९८२ पुगेको छ ।
यही २४ घण्टाको अवधिमा ६२ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये एक हजार ८६५ जना होम आइसोलेसनमा रहेका छन् भने ११७ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन् । मंगलबारको यो तथ्यांक संगै अब नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ११ लाख २३ हजार १५० पुगेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : ४६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *