८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
दुई हजार ५६२ पीसीआर परीक्षणमा ३४० जना र एक हजार ४१९ एन्टिजेन परीक्षणमा ५१ जना गरी ३९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४६ रहेको रहेको छ । यो संगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या दुई हजार २७६ रहेको छ । पछिल्लो केहिदिन यता कोरोना संक्रमणका कारण मानवीय क्षति भएको छैन ।
सक्रिय संक्रमितमध्ये दुई हजार १४३ जना होम आइसोलेसनमा छन् भने १३३ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २१ जना आईसीयूमा छन् । हालसम्म कोरोना संक्रमणका कारण नेपालमा ११ हजार ९५४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ६ : ५५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *