१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसपीपी नस्विकार्ने पत्र बारे जानकारी गराउनु-सभामुख



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारले गरेको निर्णय तथा कार्यान्वयन गर्ने नगर्ने के हो त्यसबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।
सभामुख सापकोटाले प्रतिनिधि सभा बैठकमा सांसदहरुले एसपीपीको अवस्थाका बारे गम्भीर रुपमा प्रश्न उठाएपछि त्यसमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले एसपिपीबारे सरकारको निर्णय तथा कार्यान्वयन गर्ने नगर्ने के हो त्यसबारे सदनलाई जानकारी गराउन रुलिङ गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकले एसपीपी सम्झौता लागू नगर्ने निर्णय गरेको लामो समय भएपनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार नगरेको भन्दै नेकपा एमालेका सांसद भीमबहादुर रावल, नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङलगायतले एसपीपीमा सहभागी नहुने भनी सरकारले पत्राचार नगरेको प्रति रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए ।
त्यसपछि आन्तरिक छलफलपछि यस्तो निर्देशनमा सभामुख पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ८ : २४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *