१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४३५ जनामा कोरोना संक्रमण पुष्टि, ५६ निको भए



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
एक हजार ६६७ पीसीआर परीक्षणमा ३१७ जना र एक हजार ९०२ एन्टिजेन परीक्षणमा ११८ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५६ रहेको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ पुगेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ८ : ३१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *