१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको नयाँ राष्ट्रपति बनिन् द्रौपदी मुर्मू



भारत । भारतको नयाँ राष्ट्रपतिमा आदिवासी समुदायबाट पहिलो व्यक्ति द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । उनी भारतको १५ औँ राष्ट्रपति बन्न सफल भएकी हुन् ।
सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले पूर्वराज्यपाल रहेकी मुर्मूलाई उम्मेदवार बनाएको थियो । उनी कांग्रेस सहितको विपक्षी दलले राष्ट्रपतिमा अघि सारेको तृणमुल कांग्रेसमा रहेका पूर्वभाजपा नेता यशवंत सिन्हालाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रपति चुनिएकी हुन् । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी दोस्रो महिला हुन् ।
भाजपाले आदिवासी समुदायबाट त्यसमाथि महिलालाई अघि सारेपछि विपक्षी दलहरूलाई अप्ठ्यारो परेको थियो । मुर्मूले ७२ प्रतिशत मत प्राप्त गरेकी छन् ।
राष्ट्रपति चुनावका लागि लोकसभा, राज्यसभा र विधानसभाका सदस्यहरू मतदाता हुन्छन् । भारतमा लोकसभा र राज्यसभामा निर्वाचित सांसदको सङ्ख्या ७ सय ७६ छ । त्यस्तै, ४ हजार ३३ जना विधायक छन् । सबै राज्यमा र केन्द्रमा १८ जुलाईमा मतदान भएको थियो ।
आगामी २५ जुलाईमा उनले शपथ ग्रहण गर्ने छिन् । सर्वोच्च अदालतका मुख्य न्यायाधीशबाट उनले शपथ लिने छिन् ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ९ : २२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *