६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदीय छानबिन समितिको कार्यावधि ७ दिन थप



काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष समितिको कार्यावधि सात दिनकालागि थप गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले समितिको म्याद सात दिन थप गरेको हो ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷०८० को बजेट निर्माण गर्ने क्रममा अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि छानविन गर्न सो समिति गठन गरिएको हो ।
शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति बनेको थियो । समितिले काम थालेको १० दिनभित्र आफ्नो जिम्मेवारी पूरा गर्न कार्यावधि तोकिएको थियो । तर, समय अपुग हुने भन्दै समिति सदस्यको आग्रहअनुसार सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार म्याद थप सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । गत असार २२ गते गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो । समितिले बिहीबार मात्रै सभामुख सापकोटालाई समय थप्न माग गरेको हो ।
लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठित संसदीय विषेश छानबिन समितिले मन्त्रालयका सम्बन्धित अधिकारी र व्यक्तिसँग जाँचबुुझ गरिरहेको छ । निवर्तमान अर्थमन्त्री शर्मालेअसार २२ मा पदबाट राजीनामा गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ९ : ३४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *