६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेढ लाख मात्रा कोभिशिल्ड खोपको म्याद गुज्रियो



काठमाडौं । नेपालमा कोरोना खोप अभियानले प्राथमिकता पाउन सकेका छैन् । खोप कार्यक्रम सुस्त बन्दा करिब डेढ लाख मात्रा कोभिशिल्ड खोप खेर गएको छ ।
खोप अभियानमा आफैं सुस्ताएको सरकारले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नगर्दा झण्डै डेढ लाख डोज कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको हो ।
स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार बागमती प्रदेशमा मात्र गत बुधबारसम्म एक लाख ४१ हजार एक सय २० मात्रा कोभिसिल्ड खोप थियो । बिहीबार र शुक्रबार ५६ हजार खोप लगाइएको विभागले जनाएको छ । बाँकी ८५ हजार एक सय २० मात्रा कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको छ ।
पछिल्ला दिन कोभिड संक्रमणको जोखिम भने बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार कोरोना संक्रमण दर ११ दशमलव ८४ प्रतिशत देखिएको छ । गएको २४ घण्टामा १ हजार ८८ पीसीआर परीक्षणमा २ सय १६ जना र १ हजार ९ सय ८ एन्टिजेन परीक्षणमा १ सय १९ संक्रमित पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै हाल मुलुकभर सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ७१ पुगेको छ । अघिल्लो साता संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ८ : ३० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *