७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राज्यले किसानका हरेक उत्पादनमा अनुदान दिनुपर्ने



मोरङ- राज्यले किसानका हरेक उत्पादनमा अनुदान दिनुपर्ने मोरङमा आयोजित कार्यक्रमका सहभागीले सुझाव दिएका छन् ।

उनीहरुले उत्पादनमा अनुदान दिएमा मुलुक कृषिमा आत्मनिर्भर हुनुका साथै मुलुकको कुषिउपजमा हुने व्यापार घाटा न्यून गर्न सहयोग पुग्ने धारणा राखेका छन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रदेश नं १ कृषि मन्त्रालयद्वारा संयुक्तरुपमा शुक्रबार यहाँ आयोजित  प्रादेशिक कृषि विकास रणनीति दस्ताबेज तथा कृषि सम्बन्धित नीतिगत विषयक प्रदेशीस्तरीय अन्तक्रिया कार्यक्रममा  सहभागीले सो विचार राखेका हुन् । 

कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण, बजारीकरण र औद्योगिकीकरणमार्फत कृषि उत्पादनमा प्रतिस्पर्धा प्रणालीको विकास गर्नुका साथै तुलनात्मक लाभ भएका बाली वस्तुको निर्यात प्रवद्र्धन गर्ने, कृषि क्षेत्रलाई संरक्षण गर्दै कृषकका उत्पादनमा बचतको सुनिश्चितता प्रत्याभूत हुने गरी उत्पादन र उत्पादकत्व वृद्धिको माध्यमबाट आधारभूत खाद्य वस्तुमा आत्मनिर्भर हुन आवश्यक रणनीतिको मस्यौदा तयार गर्न सुझाव सङ्कलन गर्नु अन्तक्र्रियाको उद्देश्य रहेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १२ : १० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *