६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद्‌ पुनर्गठन: जसपाका तीन नेता बने मन्त्री



काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ सूची प्रधानमन्त्रीकहाँ पठाएको थियो। सोही निर्णयअनुसार प्रधानमन्त्रीले वन तथा वातावरणमन्त्रीमा प्रदीप यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई र कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मृगेन्द्र सिंहलाई  नियुक्त गरेका छन्।

जसपाले मन्त्रीहरू महिन्द्रराय यादव, रेणु यादव र रामसहाय यादवलाई फिर्ता बोलाइसकेको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ।

नवनियुक्त मन्त्रीलाई आजै शपथ खुवाउने तयारी गरिएको छ। नयाँ मन्त्रीहरूको शपथ सोमबार अपराह्न साढे ४ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

यसअघि नेकपा (एकीकृत समाजवादी पार्टी)ले पनि आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्री परिवर्तन गरेको थियो।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  २ : ४१ बजे